माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको छ। यसमध्ये १० प्रतिशत (८ लाख ८६ हजार कित्ता) स्थानीय बासिन्दा, ५ प्रतिशत (८६ हजार कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (३४ हजार ४०० कित्ता) कर्मचारीका लागि छुट्याएर बाँडफाँड गरिसकेको छ। अब बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा असार ८ गतेसम्म छिटो र असार १७ गतेसम्म ढिलो आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सीआस्बा बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिनेछ।

Online Arthik










