रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा अवस्थित १११ मेगावाट क्षमताकोरसुवागढी जलविद्युत कम्पनी आगामी वर्षायामअघि आवश्यक मर्मत तथा पुनर्स्थापना कार्यका लागि अस्थायी रूपमा बन्द हुने भएको छ।

रसुवागढी जलविद्युत कम्पनी लिमिटेडका अनुसार २०८२ साल असार २४ गते आएको ठूलो हिमबाढीका कारण विद्युत केन्द्रका संरचना तथा मेसिन उपकरणहरूमा उल्लेखनीय क्षति पुगेपछि आपतकालीन अवस्था सिर्जना भएको 
थियो। त्यसपछि क्षतिग्रस्त संरचनाको आंशिक मर्मत तथा पुनर्स्थापना सम्पन्न गरी हाल केन्द्रका तीनवटै युनिटबाट विद्युत उत्पादन सञ्चालनमा रहेको छ।कम्पनीले आगामी वर्षायाममा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक 
पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले विद्युत उत्पादन अस्थायी रूपमा बन्द गर्न नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त गरेको जनाएको छ।स्वीकृत कार्यतालिकाअनुसार केन्द्रबाट २०८३ साल जेठ २२ गतेदेखि असार 
१३ गतेसम्म कुल २२ दिन विद्युत उत्पादन बन्द रहनेछ।

यस अवधिमा हाइड्रोमेकानिकल तथा विद्युतीय उपकरणहरूको मर्मत, संरचनागत सुधार तथा जोखिम न्यूनीकरणसम्बन्धी विभिन्न कार्यहरू सम्पन्न गरिने कम्पनीले जनाएको छ। कार्यस्थलको अवस्थाअनुसार आवश्यक परे कार्यतालिकामा केही परिवर्तन हुन सक्ने भए पनि निर्धारित समयभित्र सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया