पीपुल्स एनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि ज्योति क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ। यसअनुसार निष्कासन हुने आईपीओको कुल आकार ६६ करोड रुपैयाँ बराबर रहनेछ।यस सम्बन्धी सम्झौतापत्रमा सोमबार काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो। सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत Bikash Dhakal तथा पिपुल्स इनर्जीका महाप्रबन्धक Janardan Aryal ले हस्ताक्षर गरेका छन्। ज्योति विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, प्रत्याभूति सेवा तथा

सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

हाल पिपुल्स इनर्जी लिमिटेडको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले आईपीओ निष्कासनमार्फत सर्वसाधारणको सहभागिता बढाउँदै परियोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया