नेपालको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको छ। कम्पनीले यस विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवर्द्धन गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।

पोखराको लेकसाइड र न्युरोडस्थित सफल स्टुडियोपछि काठमाडौंमा नयाँ शाखा सञ्चालन गर्दै कम्पनीले आफ्नो सेवा राष्ट्रिय स्तरमा विस्तार गरेको हो। बेलो ब्लसले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।कम्पनीका अनुसार काठमाडौंस्थित नयाँ स्टुडियो आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो। दक्ष तथा प्रशिक्षित ब्यूटी प्रोफेशनलमार्फत विश्वस्तरीय सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ।

सौन्दर्य शिक्षामा पनि जोड

बेलो ब्लस स्टुडियोले व्यावसायिक सौन्दर्य सेवासँगै ‘बेलो ब्लस एकेडेमी’मार्फत सौन्दर्य शिक्षामा पनि योगदान दिँदै आएको छ। पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यवहारिक तथा उद्योगमुखी तालिम सञ्चालन हुँदै आएको छ। कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि बेलो ब्लस एकेडेमी सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसबाट सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा विशेषगरी महिलालाई आत्मनिर्भर बन्न थप अवसर उपलब्ध हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सानो सुरुवातदेखि राष्ट्रिय ब्रान्डसम्म

सन् २०२१ मा संस्थापक तथा निर्देशक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो अहिले नेपालको उदीयमान प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ। पोखरामा सफल सञ्चालनपछि काठमाडौंमा शाखा विस्तार गर्नु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। प्रिया गुरुङले ग्राहकको विश्वास, टोलीको समर्पण र समुदायको निरन्तर सहयोगले कम्पनीलाई यो स्थानसम्म पुर्‍याएको बताउँदै काठमाडौं शाखा सञ्चालनलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा विस्तार गर्ने लक्ष्यतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरेकी छन्।हाल बेलो ब्लस स्टुडियोले नेल आर्ट, नेल केयर, म्यानिक्योर, पेडिक्योर, नेल एक्सटेन्सन, ल्यास एक्सटेन्सनलगायत प्रिमियम सौन्दर्य सेवा प्रदान गर्दै आएको छ। साथै, बेलो ब्लस एकेडेमीमार्फत दक्ष जनशक्ति उत्पादन, महिला उद्यमशीलता प्रवर्द्धन तथा देशभर गुणस्तरीय सौन्दर्य सेवा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया