सिद्धार्थ बैंकले ग्राहकको तत्काल वित्तीय आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट कर्जा लिन सक्नेछन्।

बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ। बैंकले यस सुविधामार्फत ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने जनाएको छ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवा हालका लागि काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट मात्र उपलब्ध हुने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया