गणपूरक संख्या (क्वोरम) नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा स्थगित भएको छ।

लघुवित्तले विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यले असार ३२ गते वार्षिक साधारण सभा आह्वान गरेको थियो। तर कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र र नियमावलीअनुसार आवश्यक क्वोरम पूरा नभएकाले सभा सञ्चालन हुन सकेन। स्थगित सभापछि बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १० गते बिहान ११ बजे भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा पुनः साधारण सभा आयोजना गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार स्थगित सभाका लागि तय गरिएका सबै एजेन्डा यथावत् राखी पुनः प्रस्तुत गरिनेछन्। साथै, असार ३२ गतेको सभाका लागि विधिवत दर्ता भएका प्रोक्सी (प्रतिनिधि) हरू आगामी सभामा स्वतः मान्य हुनेछन्।

तपाईको प्रतिक्रिया