नेको इन्सोरेन्स लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरी कम्पनीबाट बाहिरिने भएका छन्। सेयर बिक्री गर्ने इच्छा व्यक्त गरेपछि कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ८ गतेभित्र (३५ दिनभित्र) आफूले खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता प्रस्तावित मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया