एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डीपी) सेवा अन्तर्गत विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। क्यापिटलले आफ्नो अधिकांश निक्षेप सदस्य सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ भने एनआईसी एशिया बैंकका सबै शाखाबाट पनि डिम्याट तथा मेरोसेयर खाता खोल्ने, नवीकरण गर्ने लगायतका सेवाहरू सहज रूपमा प्रदान भइरहेको जनाएको छ।
ग्राहकमैत्री र सर्वसुलभ सेवा विस्तार गर्ने उद्देश्यले क्यापिटलले चालु आर्थिक वर्षमा निःशुल्क डिम्याट तथा मेरोसेयर सेवा, विद्यार्थी लक्षित विशेष योजना, आजीवन नवीकरण सुविधा तथा बैंकमार्फत खाता खोल्ने ग्राहकका लागि विशेष छुटसहितका योजना सञ्चालनमा ल्याएको हो। क्यापिटलका अनुसार डिम्याट खाता खोल्ने नयाँ ग्राहकलाई निःशुल्क डिम्याट खाता उपलब्ध गराइनुका साथै पहिलो वर्षको डिम्याट नवीकरण शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ।विद्यार्थीहरूलाई पूँजी बजारतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा’ अन्तर्गत विद्यार्थीहरूले निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्कमा छुट तथा निःशुल्क मेरोसेयर दर्ता सुविधा प्राप्त गर्नेछन्।त्यसैगरी, सीमित अवधिका लागि ल्याइएको ‘लाइफटाइम डिम्याट एन्ड मेरोसेयर रिनुअल अफर’ अन्तर्गत नयाँ तथा विद्यमान हितग्राही खातावालाले एकमुष्ट ९९९ रुपैयाँ तिरेर आजीवन डिम्याट खाता नवीकरण तथा १,००० रुपैयाँ तिरेर आजीवन मेरोसेयर नवीकरण सुविधा लिन सक्नेछन्। यो योजना २०८३ साल श्रावण मसान्तसम्म लागू रहने क्यापिटलले जनाएको छ।एनआईसी एशिया बैंकका शाखामार्फत तोकिएका बचत खातासँग लिंक गरी डिम्याट खाता खोल्ने ग्राहकलाई पनि निःशुल्क डिम्याट तथा मेरोसेयर खाता खोल्ने सुविधा र पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा छुट प्रदान गरिनेछ।
क्यापिटलले ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने नारासहित आफ्ना अधिकांश सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराएको उल्लेख गर्दै आफ्नो वेबसाइटमार्फत निःशुल्क डिम्याट तथा मेरोसेयर खाता सहजै खोल्न सकिने जनाएको छ। साथै, सेवासम्बन्धी थप जानकारीका लागि ९८४७३४५०९९ र ९८४८८६५२२३ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

Online Arthik










