स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा छापावाल सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ३७० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार १३३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Online Arthik









