परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना गर्ने भएको छ। अस्पतालका अनुसार प्रतिस्पर्धा भदौ ११ गते बिहीबार बिहान ९ बजे अस्पताल परिसरमा सञ्चालन हुनेछ।

यस अस्पतालमा जन्मिएका जन्मेदेखि एक वर्षसम्मका शिशुले प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेसम्म आवेदन दिनुपर्नेछ। सहभागी हुन १०० रुपैयाँ फाराम शुल्क तिर्नुपर्नेछ। शुल्क बुझाएको भौचरसहितको फाराम अस्पतालको नगद काउन्टरबाट प्राप्त गरी ब्लक ‘ई’ (तेस्रो तल्ला) स्थित बालरोग ओपीडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कमा बुझाउन सकिने अस्पतालले जनाएको छ।

प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका शिशुलाई भदौ १९ गते शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

अस्पतालका अनुसार प्रतिस्पर्धा तीन उमेर समूहमा सञ्चालन हुनेछ। पहिलो समूहमा जन्मेदेखि ४५ दिनसम्मका, दोस्रो समूहमा ४६ दिनदेखि ६ महिनासम्मका र तेस्रो समूहमा ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशु सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया