मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ निर्धारण गरेको छ, जसअनुसार बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ रहेको छ। इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म न्यूनतम ५० हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा तथा अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन्। सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने बोलपत्र फाराम १०० रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सकिनेछ। आवेदनसँग खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ५ प्रतिशत धरौटी रकम जम्मा गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। कम्पनीका अनुसार प्राप्त शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिनेछ र मागभन्दा बढी आवेदन परेमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिनेछ।

Online Arthik










