स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ४०० रुपैयाँ बढी हो। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४६ हजार १४० रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ ले बढेर ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा माग–आपूर्तिको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।

Online Arthik










