भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्रीस्वर्णिम वाग्लेमार्फत प्रधानमन्ी दैवि प्रकोप उद्दार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो । सो कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चिर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरियो ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया