स्थानीय बजारमा सुनको मूल्य एकैदिन ८ हजार ८ सय रुपैयाँले घटेपछि प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ, जुन मंगलबार २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँमा कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










