एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको छ।
नगद सहयोगका अतिरिक्त क्यापिटलका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा रकम सङ्कलन गरी राहत सामग्री जुटाएका छन्। उनीहरूले सङ्कलित रकमबाट खरिद गरिएका विभिन्न राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा टेकुमा बुझाएका छन्।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। उसले बेपत्ता भएकाहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको दु्रत स्वास्थ्य लाभको कामना पनि गरेको छ।

Online Arthik










