विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत विन नेपाल लघुवित्तलाई स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया सम्पन्न भएपछि सेयर कारोबार रोक्का गरिएको हो।

प्राप्ति प्रक्रिया पूरा भएसँगै भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ। धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था विन नेपाल लघुवित्तको सेयर कारोबार भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको नेप्सेले जनाएको छ।

विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तबीचको प्राप्ति प्रक्रिया सम्पन्न भएसँगै कम्पनीको कारोबार तथा सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया