यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख ७० हजार रुपैयाँ योगदान गरेको छ। कम्पनीका तर्फबाट २५ लाख रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट एक दिनको तलब बराबर ६ लाख ७० हजार रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।
दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस योगदानमार्फत यूनाइटेड अजोड इन्स्योरेन्स र यसका कर्मचारीहरूले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

Online Arthik










