मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको छ। वृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ८३० रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया