कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ। बैंकको शाखा कार्यालय कुलेश्वरमार्फत आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरूलाई स्कुल ड्रेस, हाउस ड्रेस, स्कुल ब्याग, जुत्तालगायत स्टेशनरी तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यार्थीहरूको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सामग्री सहयोग गरेको जनाएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विपन्न तथा गरिब विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउनुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
सामग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताए। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीहरूलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Online Arthik










