नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया