माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको साधारण शेयरको लकइन अवधि कात्तिक २ गतेदेखि सकिने भएको छ।

कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि कुल ८४ लाख ९० हजार ८ सय कित्ता शेयर लकइनमा राखेको थियो। त्यसमध्ये ७० लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरिएको थियो भने सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १४ लाख ९० हजार ८ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बाँडफाँट गरी लकइनमा राखिएको थियो।

कम्पनीका अनुसार उक्त शेयरको लकइन अवधि कात्तिक २ गतेदेखि समाप्त हुनेछ। लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछन्। यससँगै उक्त शेयर बजारमा कारोबारका लागि थपिनेछ।

तपाईको प्रतिक्रिया