स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च् वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ। बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार २६० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेको हो।

 

तपाईको प्रतिक्रिया