नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप रोमाञ्चक बनाउन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष क्यान सार्वजनिक गरेको छ। क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन व्यक्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले यस्तो क्यान बजारमा ल्याएको हो।
एनपीएल सिजन ३ मा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरेको छ। सातवटै टोलीका लोगो समेटिएका विशेष क्यानमार्फत क्रिकेटप्रेमीले आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र खेलप्रतिको लगाव व्यक्त गर्न सक्ने कम्पनीको विश्वास छ। यस पहलले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकको दैनिक जीवनसम्म पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यी विशेष क्यान अब उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्। एनपीएलको रौनकसँगै आफ्नो मनपर्ने टोलीको पहिचान बोकेको एक्स्ट्रिम इनर्जी ड्रिङ्कका क्यानले समर्थकका लागि क्रिकेटप्रतिको उत्साह व्यक्त गर्ने नयाँ माध्यम थप्ने कम्पनीको अपेक्षा छ।

Online Arthik










