आइसीएफसी फाइनान्स लिमिटेड कम्पनीले गत पुस २९ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट गत आवका लागि पारित ६.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले उक्त लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

Online Arthik










