कुमारी बैंकको पौष मसान्तसम्म बैंकको खुद नाफा ६८.२० प्रतिशत घटेको छ । मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटदा कमिशन आम्दानी १५.१२ प्रतिशत बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ ५१ रुपैयाँ घटेर २.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ।

Online Arthik










