हेटौंडा औद्योगिक क्षेत्रमा हिमालय एसीपी बोर्डस् प्रालि (एलुमिनियम बोर्ड) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट) शीघ्र सञ्चालनमा आउने भएका छन्। लामो समयदेखि बन्द रहेका दुई उद्योगको सम्झौता रद्द गरी सो स्थानमा नयाँ उद्योग ल्याइएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

यसअघि लक्की पोलि इन्डष्ट्रिज, टोटल प्याकेजिङ, थ्रिस्टार ग्रुप र बाबा मेनिफ्याक्चर प्रालि सञ्चालनमा आइसकेका छन्। हाल औद्योगिक क्षेत्रमा १३ उद्योग निर्माणाधीन छन् र केही अन्तिम चरणमा पुगेका छन्।

तपाईको प्रतिक्रिया