सानिमा  बैंकले आम सर्वसाधारणका लागि आजदेखि ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेको छ ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि जेठ १४ गते ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा संस्थापक सेयरधनीका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया