रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा आगामी मंसिर २३ गते आयोजना गर्ने भएको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाक्ने निर्णय गरेको हो।

सभाको आयोजना काठमाण्डौ–कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा गरिनेछ। सभामा कम्पनी ऐनको दफा १०५ को उपदफा १ (क) कार्यान्वयन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने कार्यसूची छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय प्रतिवेदन अनुमोदन गर्ने, चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

सञ्चालक समितिमा आवश्यक संशोधन तथा अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि सभाले विचार–विमर्श गरी स्वीकृत गर्नेछ।

तपाईको प्रतिक्रिया