शिव श्री हाईड्रोपावर लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिएका तर बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आजदेखि फिर्ता भुक्तानी हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बाँडफाँडमा नपरेको सेयरको रकम मंसिर ९ गतेदेखि आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा IPS प्रणालीमार्फत रकमान्तर गरिनेछ।
कम्पनीले गत कात्तिक २० देखि २७ गतेसम्म बोलकबोल प्रक्रियामार्फत ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर बिक्रीका लागि ल्याएको थियो। प्राप्त शिलबन्दी बोलपत्र कात्तिक ३ गते खोली मंसिर ८ गते बाँडफाँड गरिएको हो।
बाँडफाँडमा कटअफ मूल्य सर्वसाधारणतर्फ १४० रुपैयाँ निर्धारण गरिएको छ। सोही मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ।

Online Arthik









