सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी म्युचुअल फण्डलाई बिक्री खुला गर्ने भएको छ। १ अर्ब रुपैयाँ बराबरको यो फण्ड अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गरिँदैछ, जसमा १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक रूपमा उपलब्ध हुनेछ। लगानीकर्ताले १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। पुस ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ र सो अवधिमा पूर्ण बिक्री नभए आवेदन अवधि पुस १८ गतेसम्म लम्बिनेछ। यो योजनाको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल नै रहेको छ, र लगानीकर्ताले आश्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










