आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत बराबर नगद लाभांश दिन निर्णय गरेको हो। यसअनुसार सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँ का दरले नगद लाभांश प्राप्त गर्नेछन्। कम्पनीले वितरण गर्न लागेको कुल नगद लाभांश रकम ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ, जसमा कर पनि समावेश गरिएको कम्पनीले जनाएको छ। बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिनेछ। हाल कम्पनीको बजार मूल्य प्रति सेयर ४७२ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया