स्थानिय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य गत शुक्रबारको तुलनामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ, जुन गत मूल्यभन्दा १०० रुपैयाँले बढी हो।

तपाईको प्रतिक्रिया