सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको सेयर संख्या र प्रस्तावित दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया