नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी चैत ११ गते हुनेछ। निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

Online Arthik










