नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख ६ हजार ५९७ कित्ता अवितरित संस्थापक हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत आम सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा संस्थापक समूह तर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयरका लागि आवेदन नपरेपछि मंसिर १८ देखि २५ गतेसम्म लिलामी प्रक्रिया सञ्चालन गरेको थियो। लिलामी अवधिमा २ लाख ९६ हजार ५६५ कित्ताका लागि मात्रै आवेदन परेपछि बाँकी सेयर पुनः बिक्री गर्न लागिएको हो।

बैंकले माघ १८ गतेदेखि बोलकबोल आवेदन खुला गर्ने जनाएको छ। यो सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सक्नेछन्। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र आवेदन नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका विराटनगर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवल शाखामार्फत पेश गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति फागुन ४ गते तोकिएको छ।

तपाईको प्रतिक्रिया