ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले यसअघि स्थगित भएको साधारण सभा पुनः आह्वान गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यही माघ १९ गते काठमाडौँको भगवतीबहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि साधारण सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीको १६ औँ वार्षिक साधारण सभा गत माघ २ गतेका लागि तय गरिएको थियो। तर, सो दिन गणपूरक संख्या नपुगेका कारण सभा स्थगित भएको थियो।
पुनः आह्वान गरिएको सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही अवधिको वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समिति चयन गर्ने तथा सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछन्।
त्यसैगरी, कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१)(ख) सम्बन्धी विशेष प्रस्ताव पनि सभामा प्रस्तुत भई पारित गरिने कम्पनीले जनाएको छ।

Online Arthik









