काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा गए राति प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ। शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो।

काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी कौशल बुढाथोकीका अनुसार सडकमा भइरहेको प्रहरी चेकजाँचका क्रममा लुटेराको समूहले मोटरसाइकल प्रयोग गरी दुई जना प्रहरीलाई ठक्कर दिँदा उनीहरू घाइते भएका थिए। प्रहरीलाई घाइते बनाएर फरार हुन खोज्दा र प्रहरीसँग भिडन्त गर्न प्रयास गरेपछि बाध्य भएर गोली चलाइएको जनाइएको छ।

घटनापछि प्रहरीले लुटेराको समूहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया