अपर हेवाखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्दै उल्लेखनीय सुधार गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३७ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीले १५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षभन्दा ६.७२ प्रतिशतले बढी हो। यस अवधिमा कम्पनीको वित्त खर्च घटेर ३ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ, जब कि अघिल्लो वर्ष सो खर्च ४ करोड १८ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ९ करोड ९४ लाखबाट बढेर १० करोड ८४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको रिटेन्ड अर्निङ १५ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ करोड ६३ लाख रुपैयाँ मात्र थियो। समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २९.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.२६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१२.६८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १९.०२ गुणा कायम भएको छ।

तपाईको प्रतिक्रिया