सरकारले ट्रेजरी बिलमार्फत १८ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। कार्यालयका अनुसार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गरिनेछ, जसमा ५ अर्ब रुपैयाँ नयाँ र ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिनेछ। त्यस्तै ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल पनि नविकरण गरिनेछ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल २०८३ जेठ २६ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ फागुन २५ गते परिपक्व हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन २५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने यसको बाँडफाँट मंगलबार गरिनेछ। यसअघि कार्यालयले फागुन १७ गते १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो।

Online Arthik










