जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा पाँच दिनदेखि बन्द हुँदा उपचारका लागि आएका सेवाग्राहीहरू मर्कामा परेका छन्। अस्पतालको एक्स–रे उपकरणमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार उपकरण बिग्रिएपछि मर्मतका लागि काठमाडौँ पठाइएको छ। निर्वाचनका कारण मर्मत प्रक्रियामा समय लागेको प्रशासनको भनाइ छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीका अनुसार आजदेखि एक्स–रे सेवा पुनः नियमित सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

यसअघि पनि पटक–पटक एक्स–रे तथा सिटीस्क्यान सेवा बिग्रने समस्या दोहोरिँदै आएकाले प्रतिष्ठानको आलोचना हुने गरेको छ।

तपाईको प्रतिक्रिया