नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो भने चाँदीको मूल्य भने स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि मंगलबार छापावाला सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँमै कायम रहेको थियो।

Online Arthik









