इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ। औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममार्फत दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई एकै स्थानमा भेला गराई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राई ले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनका अनुसार नेपालमा इनड्राइभ सेवाको सफलताको मुख्य आधार यही विश्वास र सेवा गुणस्तर हो। अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लिडयोक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले  संयुक्त रूपमा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए।

अवार्डअन्तर्गत पाँच वर्ष र तीन वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने ‘टप परफर्मिङ ड्राइभर पार्टनर’ तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिएको थियो। क्याब र मोटो दुवै विधामा पुरुष तथा महिला चालकहरूलाई समेट्दै कुल ८० जना ड्राइभर–पार्टनरलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको समापनमा बोल्दै एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नता महत्वपूर्ण हुने उल्लेख गरे। इनड्राइभ नेपालले यस्ता कार्यक्रममार्फत संख्यात्मक प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृ

तपाईको प्रतिक्रिया