कामना सेवा विकास बैंकले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ। बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकका अनुसार कुल १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको छ। उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको अवस्थामा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Online Arthik









