नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ५३ सय ४० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ५३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया