काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह ले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। उनले यसबारे औपचारिक रूपमा राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको स्रोतहरूले जनाएका छन्।

हरेक वर्ष जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र दिवसको मूल समारोह आयोजना हुँदै आएको छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने परम्परा छ। सामान्यतया प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ।

तर यस पटक प्रधानमन्त्री बनेदेखि नै सार्वजनिक समारोहमा कमै देखिँदै आएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन नगर्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार उनले राष्ट्रपति कार्यालयमा पत्राचार गर्दै समारोहलाई राष्ट्रपतिले सम्बोधन गरिदिन आग्रह गरेका छन्।

पत्राचारमा गणतन्त्रको प्रतीक राष्ट्रपतिको भूमिका भएकाले दिवसको सम्बोधन राष्ट्रपतिबाटै हुन उपयुक्त हुने उल्लेख गरिएको बताइएको छ। मन्त्रिपरिषदको निर्णयअनुसार पनि गणतन्त्रको औपचारिक प्रतिनिधित्व राष्ट्रपतिबाटै हुने व्यवस्था रहेको आधार देखाउँदै यस्तो आग्रह गरिएको स्रोतको दाबी छ।

संवैधानिक व्यवस्थाअनुसार नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उल्लेख छ। सो धाराको उपधारा (२) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा काम गर्ने व्यवस्था रहेको छ। यही संवैधानिक अभ्यासलाई आधार मान्दै यस वर्ष गणतन्त्र दिवसको मूल समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी भएको बताइएको छ।

यस घटनाले गणतन्त्र दिवसको औपचारिक सम्बोधन परम्परा र कार्यकारी भूमिकाको अभ्यासबारे पुनः बहस सुरु भएको देखिन्छ।

तपाईको प्रतिक्रिया