आ.इ.एम. इ लिमिटेड को स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बैंकले सूचना जारी गर्दै आइएमई लिमिटेडको नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको जनाएको हो। बैंकका अनुसार हालका संस्थापक सेयरधनीहरूले मात्र प्राथमिक रूपमा उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको बानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवेदन पेश गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Online Arthik










