दराज नेपाल ले आफ्नो बहुप्रतीक्षित ‘६।६ मिड इयर शपिङ फेस्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अभियान जुन ५ ९जेठ २२० बेलुका ८ बजेदेखि जुन १० ९जेठ २७० सम्म सञ्चालन हुनेछ।

अभियान अवधिभर ग्राहकहरूले विभिन्न उत्पादनमा ७५ प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, विभिन्न ब्रान्डका उत्पादनमा विशेष अफरहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।दराजका अनुसार प्लेटिनम ब्रान्ड पार्टनर भ्यासेलिन, केमिस्ट एट प्ले र होनासाबाट १५ प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्रान्ड हाउस, न्यूलाइट र सीओएसआरएक्सबाट ७० प्रतिशतसम्म छुट तथा सिल्भर पार्टनर फ्यानटेक, लिभाइस, एंकर र मारिकोका उत्पादनमा ६५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।अभियानअन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष ‘ब्रान्ड रश आवर’ अफर पनि सञ्चालन गरिनेछ। यो अफर जुन ५ बेलुका ८ बजेदेखि जुन ६ बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्यरातसम्म लागू हुनेछ।भुक्तानीमा अतिरिक्त लाभ दिन कम्पनीले नबिल बैंक सँग सहकार्य गरेको छ। यसअनुसार न्यूनतम १,४९९ रुपैयाँको खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत ९अधिकतम ७५० रुपैयाँ० र डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत ९अधिकतम ५०० रुपैयाँ० छुट पाइनेछ।त्यसैगरी, ईसेवा तथा खल्ती बाई आईएमई प्रयोगकर्ताले ब्रान्ड रश आवर अवधिमा १२ प्रतिशत ९अधिकतम २०० रुपैयाँ० तथा नियमित अवधिमा १० प्रतिशत ९अधिकतम १५० रुपैयाँ० छुट प्राप्त गर्न सक्नेछन्।

मेगा गिभअवे र ‘बाई एण्ड विन’ योजना

अभियानलाई थप आकर्षक बनाउन दराजले विभिन्न उपहार योजनासमेत ल्याएको छ। मुख्य आकर्षणका रूपमा करिब १ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्यूलेड भिडा टिभी एक जना भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत प्रदान गरिनेछ।यसका साथै ‘बाई एण्ड विन’ योजनाअन्तर्गत ट्रेडमिल, विभिन्न प्रडक्ट बन्डल तथा स्मार्ट इलेक्ट्रिक डिस्पेन्सरजस्ता पुरस्कारहरू जित्ने अवसर पनि ग्राहकले पाउनेछन्।कम्पनीका अनुसार अभियान अवधिमा कम्तीमा १० हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहक स्वतः मेगा गिभअवेमा सहभागी हुनेछन् भने ५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहक ‘बाई एण्ड विन’ योजनाका लागि योग्य हुनेछन्। दराजले छुट, अतिरिक्त भुक्तानी लाभ, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारका कारण ६।६ मिड इयर शपिङ फेस्टलाई यस वर्षको प्रमुख किनमेल अभियानमध्ये एक हुने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया