सपना प्रधान मल्लकरिब तीन साताको बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छन्।
न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि बिदामा बसेकी मल्लले पुनः नियमित न्यायिक जिम्मेवारी सम्हाल्न थालेकी हुन्। सोमबारका लागि उनको दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ। उनले पहिलो चरणमा एकल इजलासमा र त्यसपछि न्यायाधीश मेघराज पोखरेल सँगको संयुक्त इजलासमा मुद्दाहरूको सुनुवाइ गर्ने कार्यक्रम रहेको छ।
वरिष्ठतम न्यायाधीश मल्लको अदालतमा पुनरागमनसँगै सर्वोच्च अदालतको नियमित न्यायिक कार्यसम्पादन थप सक्रिय हुने अपेक्षा गरिएको छ।

Online Arthik










