मध्यपूर्वमा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको मूल्य गिरावटको प्रभाव श्रीलङ्कामा पनि देखिएको छ। श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्य ६ प्रतिशतसम्म घटाएको छ।

श्रीलङ्का पेट्रोलियम कर्पोरेसनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरिएको छ। अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो, जसको प्रत्यक्ष असर श्रीलङ्काको इन्धन मूल्यमा परेको जनाइएको छ।यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि बढेको आयात लागतका कारण श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतसम्म बढाएको थियो। त्यतिबेला उच्च ऊर्जा लागतका कारण बिजुलीको शुल्क पनि करिब एक तिहाइले वृद्धि गरिएको थियो।

श्रीलङ्का इन्धन र बिजुली उत्पादनका लागि आयातित तेल तथा कोइलामै निर्भर भएकाले मध्यपूर्वको द्वन्द्वले त्यहाँको अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी अधिकारीहरूले दिएका थिए।

तपाईको प्रतिक्रिया