सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि असोज महिनामा समाप्त हुने भएको छ। कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनीको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको १९ हजार ५ सय कित्ता सेयर लक–इनमा रहेका छन्। यी सेयरको लक–इन अवधि असोज २३ गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ।

लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम सेयर कारोबार गर्न सक्नेछन्। यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहने व्यवस्था कायम रहने कम्पनीले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया